दफा ६०
खारेजी र बचाउ
(१) खाद्य ऐन, २०२३ खारेज गरिएको छ।

(२) खाद्य ऐन, २०२३ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।

(३) खा ऐन, २०२३ बमोजिम मुद्दा हेर्ने अधिकारी समक्ष दायर भई कारबाहीका क्रममा रहेका वा निर्णय हुन बाँकी रहेका मुद्दा तथा तत्सम्बन्धी निवेदन यो ऐन प्रारम्भ भएपछि यस ऐन बमोजिमको मुद्दा हेर्ने अधिकारी समक्ष सर्नेछन्‌।